News

सावधान: काठमाडाैंमा वितरण हुने केयुकेएलकाे पानीमा नै हैजा !

काठमाडौं उपत्यकामा हैजाका बिरामीको संख्या १७ पुगेको छ । अध्ययनले काठमाडाैंकाे खानेपानी नै प्रदूषित रहेकाे देखाईकाे छ ।

स्वास्थ्य कार्यालय काठमाडौंले बुधबार बागबजार, डिल्लीबजार, बालाजु, त्रिपुरेश्वर, बल्खु, सानेपा, कालिमाटि लगायत स्थानमा पुगेर पानीको नमुना परीक्षण गरेको थियो। त्यसक्रममा उपत्यकामा वितरण गरिने खानेपानी पिउनयोग्य नरहेको पाइएकाे छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले वितरण गरेको केही ठाउँको पानीमा पनि हैजाकाे जिवाणु भेटिएको छ ।

केही नमुना परीक्षणमा हानिकारक जीवाणु भेटिएपछि इडीसीडीले शुक्रबारदेखि अनुगमनलाई तीव्रता दिने जनाएको छ ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले सबैतिरको पानीमा दिसाको जीवाणु भेटिएकाले उमालेर वा झोल क्लोरिन हालेर पिउन अनुरोध गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button