सुन तस्करीकाे नयाँ आईडिया खुलासा: सुटकेसको ह्यान्डल नै सुनको बनाएछि….

काठमाडौँ । थाइल्यान्डबाट नेपाल आएका एक यात्रुले सुटकेसको ह्यान्डल नै सुनको बनाएर ल्याएको पाइएको छ ।
शुक्रबार नेपाल एयरलाइन्समार्फत नेपाल आएका राकेश तुलाधरलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएको हो ।
तुलाधरले प्रयोग गरेको सुटकेसलाई भन्सार अधिकृतले चेकजाँच गर्ने क्रममा सुटकेस उचाल्न प्रयोग हुने ह्यान्डल साइडको भित्र शङ्कास्पद धातु रहेको पाइएपछि सुटकेस च्यातेर हेर्दा करिव ५ इन्च लम्बाइ र १ इन्च चौडाइ भएको सुन फेला परेको हो ।
उक्त सुनको कुल तौल २६७.४ ग्राम रहेको बताइएको छ । घटनामा तुलाधर मात्र संलग्न छन् या अन्यको पनि संलग्नता रहेको छ भन्ने विषयमा अनुसन्धान भइरहेको भन्सार कार्यालयले जनाएको छ ।
नेपालले एक महिनामै भारतलाई बेच्यो १ अर्ब ७२ करोड रुपैयाँको बिजुली
काठमाडौँ । नेपालले छिमेकी राष्ट्र भारलाई एक महिनमा १ अर्ब ७२ करोड ३० लाख रुपैयाँको विद्युत् बिक्री गरेको छ । नेपाल विद्युत् प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा एक महिनामा प्रतिस्पर्धी दरमा १ अर्ब ७२ करोड ३० लाख रुपैयाँको विद्युत् बिक्री गरेको हो । प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत १९ जेठबाट आइएक्समा बिक्री सुरु गरेको थियो ।
सुरुमा दुई वटा विद्युत्गृहको ३९ मेगावाट विद्युत दैनिक रुपमा आइएक्समा बिक्री गरिएको थियो । त्यसपछि २७ जेठबाट दैनिक रुपमा ३६४ मेगावाट विद्युत् भारतीय बजारमा प्रतिश्पर्धी दरमा बिक्री हुँदै आएको छ ।
नेपाल विद्युत प्राधिकरणले भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणबाट ६ वटा जलविद्युत् आयोजनाबाट उत्पादित विद्युतलाई स्रोत मानी ३६४ मेगावाट विद्युत आइएक्स मार्केटमा बिक्री गर्न स्वीकृति पाएको छ ।